एनआरएनए कतारको एक्काइसौ चरणको राहत वितरण सम्पन्न

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसौ चरणको राहत वितरण गरेको छ ।

अगष्ट १५ देखि २८ सम्म कतारको विभिन्न ठाउँमा रहेका ६२७ जना नेपालीलाई खाद्यान्न वितरण गरिएको छ । २१ औ चरणको राहत वितरण गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानाकारी दिए ।

विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथाम गर्न विभिन्न सावधानी अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली नागरिकलाई देखा परेका समस्या समाधानका निम्ति कतार सरकारको पराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा कतार च्यारिटीमार्फत प्राप्त खाद्यन तथा कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त खाद्यान वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

अहिले एक्काइसौ चरणसम्म आइपुग्दा एनआरएनए कतारले ७ हजार २ सय १७ जनालाई खाद्यान स्वरूप राहत राहत वितरण गरिसकेको समेत उनले बताए । खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए ।

राहत वितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास लगाएत बिभिन्न संघ संथाका प्रतिनिधिहरुलाई अध्यक्ष मुक्तदाले आभार व्यक्त गरेका छन उक्त राहत वितरण कार्यक्रममा एनआरएनए सल्लाहकार टिबी कार्की, सचिब राजेन्द्र कुमार शर्मा, मध्यपुर्ब संयोजक प्रविन गुरुङ,मध्यपुर्व युवा संयोजक राज रेग्मी,आईसीसी सदस्य रमेश भट्ट, एनआरएनए मानार्थ सदस्य बिल गुरुङ र बिमल सुबेदी, एनआरएनए एनसीसी सल्लाहकार चानक पोखरेल, रमजान अलि मिया एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष एवं उद्दार समितिका संयोजक उत्तम गुरुङ,महासचिब पदम गिरिलगाएतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया