सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा आईतबार बिहान गएको पहिरोले चार घर पुरेको छ ।
पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिराले पुरेको छ ।
पहिराले घरमा रहेको अन्नपात पुरेको तथा हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीयवासी रेशम बोहोराले जानकारी दिनुभयो ।
केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरामा परेको बोहोराले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया