नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले प्छिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको बताएका हुन् । उपत्यकामा मात्रै ४ सय २९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार आठ सय २२ पुगेको छ ।
हाल देशभर १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ९७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । सुनसरीमा ७४ वर्षिया, बारामा ४७ वर्षिया, महोत्तरीमा ६२ र काठमाडौंमा ७२ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै सुनसरीका ६० वर्षिय, मोरङमा ६२ वर्षिय, महोत्तरीमा ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा २९ वर्षिय, रौतहटमा ३० वर्षिय, भक्तपुमरमा ६५ वर्षिय, नवलपरासीको ६२ वर्षिय तथा रुपन्देहीका ५७ र ६७ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया