सुशील सुवेदी, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकामा नगस्तरीय स्थानिय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण ५ वटा निर्णय गरेको छ । सोमबार बसेको बैंठकले नगरका कर्मचारीहरुलाइ काठमाडौं या कोरोना प्रभावित स्थानहरुमा आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।
अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि २ हप्ता होम क्वारेन्टाइन तथा संस्थागत क्वारेन्टाइनमा बस्न लगाउने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले प्रभावित जिल्लाहरुबाट मेलम्ची प्रवेशका नाकाहरुमा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेहरुलाइ होम क्वारेन्टाइनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय गरेको छ । त्यस्तै भाद्र ९ गतेको निर्णय अनुसार नै बजार खुल्ने र विक्रि वितरण गर्ने निर्णयलाइ भाद्र १७ गतेसम्म यथावत् रहने निर्णय भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।
त्यस्तै सक्रमितको सख्या बढिरहेको सन्र्दभमा धुलिखेल अस्पतालद्धारा सन्चालित बाहुनेपाटि स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा महिला र पुरुषलार्इ छुट्टाछुट्टै राख्न माथिल्लो तलामा समेत बेड थप गरि क्षमता विस्तार गर्न धुलिखेल अस्पताल सँग समन्वय गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञाको विकल्प बारे राय माग भएकोमा जिल्ला प्रवेश गर्ने नाकाहरुमा आवत जावतमा कडाइ गरि रोक लगाउन सकेमा नगरपालिका भित्र लकडाउन आवश्यक नहुने राय उपलब्ध गराउने निर्णय भएको प्रमुख अर्र्यालले जानकारी दिए ।
यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको यसअघि बसेको बैठकले पनि कर्मचारीहरुलाइ प्रभावित क्षेत्रहरुबाट आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया