नेपालमा थप ११२० जनामा कोरोना संक्रमण,उपत्यकामा ३८८ जना थपिए

काठमाडौं । नेपालमा आज थप ११२० जनामा कोरोना भाइरस संक्रमण भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया