जापान । कोरोना भाइरस(कोभिड-१९)परिक्षणको लागि जापानवाट ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ । एनआरएनए अभियन्ता कपिलदेव थापाको पहलमा आज सेप्टेम्बर २ तारिख नेपाल एयरलायन्सको विमानमा ७ हजार पिस किट नेपाल पठाएको हो ।
जापानको प्रतिष्ठित फुजिरेबायो इन्क कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरि ग्लोबल नेपाल ट्रेडिङ् एण्ड कन्सल्टेंसी र एनआरएनए जापानको सहकार्यमा आज ७ हजार पिस किट नेपाल पठाएको सहजकर्ता कपिल देव थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उक्त कम्पनीले २१ करोड बराबरको ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमति भएको छ । सो सहमती अनुसार आज सेप्टेम्बर २ तारिख नेपाल एयरलायन्सको विमानबाट ७ हजार पिस नेपाल पठाईएको बताउनु भयो ।
कोभिड१९ परिक्षणका लागि पिसिआर परिक्षण भन्दा सहज तथा भरपर्दो मानिने यो एन्टिजेन किटले ३० मिनेटमा कोभिड १९ संक्रमण भए नभएको नतिजा दिन सक्ने बताएको छ । फुजिरेबायो इन्क कम्पनीका कार्यकारी निर्देशक गोकि ईसिकावाले कोभिड १९ संक्रमण बढ्दै जाँदा परिक्षणका लागि सहजीकरण गर्ने उद्धेश्यले सहयोग गरेको बताएका छन् ।
उक्त सामान पठाउनका लागि एनआरएनए आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ ,एनआरएनए आईसिसी मानर्थ सदस्य कपिलदेव थापा, एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी नारिता विमानस्थलमा पुगेका थिए ।



फेसबुकबाट तपाइको प्रतिक्रिया