नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई महिला र सात पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षिय पुरुषको मृत्यु भएको हो ।

यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षिया महिलाको मृत्यु भएको उनले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया