आँधीबेहरीले कागोशिमा प्रान्तको ३० हजार घरमा बिजुली कटौती,समुद्री छालको चेतावनी

टोकियो । जापानको दक्षिणी क्षेत्रमा आज सोमवार शक्तिशाली अनुमान गरिएको हाईसेन नामक ताइफून १० ले छुलो इाति पुर्याउने भन्दै सर्जक् अपनाउन आह्रान गरेको छ ।
अधिकारीहरूका अनुसार क्यूशु क्षेत्रमा आज सोमवार सम्भावित वर्षा,हावाहुरी, उच्च ज्वारभाट र विशाल समुद्री छालको चेतावनी दिएको छ ।
अग्नि तथा विपद् व्यवस्थापन एजेन्सी (एफडीएमए)जापानका अनुसार मुख्य दक्षिणी टापु ओकिनावाको दक्षिणी टापु प्रान्त, कागोशिमा,कुमामोटो र नागासाकीमा एक लाख भन्दा बढी घरपरिवारको लागि सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।
३ दशक यताकै शक्तिशाली मानिएको हाईसेन नामक ताइफून १० को प्रभावका कारण ओकिनावा, खागोसिमा, मियाजाकी,फुकुओका क्षेत्रका गरि ५ सयभन्दा बढी आन्तरिक उडान रद्द बढी उडानहरू समेत रद्द गरिसकेको छ भने दक्षिणी र पश्चिमी जापानमा बुलेट ट्रेन सेवा पनि बन्द गरिएको छ ।

दक्षिण-पश्चिम जापानका विभिन्न क्षेत्रहरुमा पूर्ण सजगता अपनाउन स्थानिय तथा केन्द्र सरकारले केहि दिन यता निरन्तर आह्वान गर्दै आएका छन् । आईतवार प्रधानमन्त्री शिन्जो आबेले क्याबिनेट मन्त्रीहरूसँगको बैठकमा यस आँधीबेहरी अगाडि बढिरहेको छ र सम्भावित रूपमा क्यूशुमा अवतरण गर्न सक्छ त्यसैले त्यहाका जनताहरुलाई अत्यन्त सावधानी अपनाउनु आह्रान गर्नु भएको थियो ।

आँधीबेहरीले आईतबारसम्म कागोशिमा प्रान्तको लगभग ३० हजार घर र ओकिनावामा ३ हजार भन्दा बढी घरहरुमा बिजुली कटौती गरेको एनएचकेले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया