टोकियोमा थप १७० जनामा कोरोना संक्रमण,६ जनाको मृत्यु

जापान । टोकियोमा आज मंगलबार थप १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज सेप्टेम्बेर ८ तारिख टोकियोमा थप १७० कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । योसंगै टोकियो भित्र संक्रमितहरुको संख्या २२ हजार १९ जना पुगेको छ । आज ६ जनासहित अहिलेसम्म ३७८ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया