काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । यो संगै, सङ्क्रमितको संख्या ६२ हजार सात सय ९७ पुगेको छ ।
कोरोना संक्रमण निको भई शनिबार थप १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १ सय ७९ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् । यसैगरी होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना संक्रमित रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया