सुशील सुवेदी, सिन्धुपाल्चोक । स्थानिय तहका कर्मचारीलाइ आधिकारीक ट्रेड युनियनको निर्वाचनमा बञ्चित गराइएको भन्दै मेलम्ची नगरपालिकाका कर्मचारीहरुले आज युनियनको निर्णय विरुद्ध आन्दोलन गरेका छन् ।
नगरपालिकाका कर्मचारीले आज हातमा कालो पट्टि बाँधेर सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । निजामति कर्मचारीको ट्रेड युनियन महासँघको निबार्चनमा स्थानिय तहका स्थाइ कर्मचारीलाइ पनि मतदान गर्न दिनुपर्ने माग गर्दै आन्दोलन गरिएको मेलम्ची नगरपालिका कर्मचारी संघका संयोजक यादब खनालले जानकारी दिनुभयो ।
स्थानिय सेवाको लागि केन्द्रिय लोकसेवा बाट पदपुर्ति भएका कर्मचारीलाइ आउदो २४ गतेको निर्वाचनमा मतदाता हुन नपाउने निर्णको विरोध गरिएको हो । आगामि दिनमा पनि माग पुरा नभए ७५३ वटै स्थानिय तहका कर्मचारी मिलेर आन्दोलनको स्वरुप परिवर्तन गरि अगाडि बढ्ने योजना रहेको खनालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया