चर्चित गायिका मुना र गायक चेतनको स्वर रहेको”भमरा झैं” सार्वजनिक

जापान । चर्चित गायिका मुना थापा मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको”भमरा झैं” सार्वजनिक भएको छ ।
जापानमा कर्मथलो बनाउदै आएका यादव केसीले निर्माण गरेको उक्त गीतमा शब्द भने शिब उखेलीले कोरेका छन । जापानमैं रहेका परदेशी गायक सूर्य खड़काको लय रहेको उक्त गीतको म्यूज़िक भिडियोको निर्देशन गायक तथा मोडल रमेश बाबु थापा गरेका छन । उक्त गीतको म्यूज़िक भिडियोमा मोडल रमेश बाबु थापा र अर्चना काउछा मगरले मोडलिंङ गरेका छन ।
क्यामरामा करन सिंह चैसरले साथ दिएको उक्त म्यूज़िक भिडियो चेतन घर्ती मगरको अफिशियल यूटूबबाट सार्वजनिक गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया