नेपालमा २,२५३ कोरोना सङ्क्रमित थपिए,उपत्यकामा मात्रै १,५९९ संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा १ हजार ३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन पुरुष र चार महिला गरी थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । पीसीआर विधिबाट थप १२,७८४ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ४,२०३ जना रहेका छन् । आइसोलेसनमा २२,२१९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप १,३२९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६४,०६९ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया