मगर भाषाको “झोर्ले साली ज्यू २“ म्यूजिक भिडियो सार्बजनिक

निशान राना,जापान । नेपाली साँगितिक क्षेत्रका लोकप्रिय कलाकार रमेशबाबु थापा मगरको “झोर्ले साली ज्यु २“ नामक म्युजिक भिडियो सार्बजनिक भएको छ ।
मगर भाषामा बनेको उक्त म्युजिक भिडियो युटुब च्यानलबाट सार्बजनिक गरेका छन् । मगर समुदायको संस्कृतिमा आधारित रहेको भिडियोमा भेनाले सालीको र सालीले भेनाको एक आपसमा रुपको प्रशंसा गरिएको छ ।
रमेशबाबु थापा मगर र तारा श्रीष मगरको स्वरमा रहेको उक्त गीतलाई सर्जन थापा मगरले निर्देशन गरेका हुन । भने म्युजिक भिडियोमा स्वयम रमेशबाबु ,रबिता मगर, रोशनी राना मगर र उषा अर्मजा मगरले अभिनय गरेका छन् ।
सुन्दरनगरी पोखराको आसपासमा तयार पारिएको उक्त भिडियोको छॉंयाकंन भने किरण चैसिरले गरेका हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया