काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको बताए । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ४७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४ हजार ६६६ जना रहेका छन् भने आइसोलेसनमा ३६,३६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
बुधबार थप २१७४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८०,९५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्युभएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया