काठमाण्डौं । कोरोना संक्रमितको उपचार नागरिक आँफैले गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन नेपाली कांग्रेसले माग गरेको छ ।
प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति जारी गरि देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्द्त रहेको पुष्टि भएको उल्लेख गरेका छन् ।
उनले बिज्ञप्तिमा नेपाली कांग्रेस कोरोना परिक्षण र उपचार निशुल्क गरेर महामारीबाट जनता जोगाउन बिशेष शंवेदनशिलताका लागि
प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह पनि गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया