लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा पुन: प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् ।
भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चुनेकाे हाे । साे अधिवेशनले उपाध्यक्षमा गोमा राना, महासचिवमा कमान सिंह कर्मा पहाडी शेर्पा, सचिवमा भीमल राई र कोषाध्यक्षमा सुशीला गुरुङ चयन गरेको छ । यस्तै सदस्यहरुमा विश्वजित थापामगर, सविन्द्रकुमार गुरुङ, डा. महा राई, विसनबहादुर गुरुङ, जानु काम्बाङ लिङ्देन निर्वाचित भएका छन् । १३ सदस्यीय कार्यसमितिका विभिन्न पदमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका प्रमुख मेजर रि. सोनाम छिरिङ शेर्पाले शपथ ग्रहण गराएका थिए ।
निर्वाचन प्रक्रिया संचालन गर्ने शेर्पा नेतृत्वको समितिमा नरेश खपांगीमगर र विमला सेने सदस्य थिए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । फोनिज यूकेमा ४ दर्जन पत्रकार एवम् सन्चारकर्मी सदस्य छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया