जापानमा बुधबार एकैदिन ८०९ जना कोरोना संक्रमण,संक्रमित एक लाख नाघ्यो

टोकियो । जापानभर अक्टोबर २९ तारिख बुधबार ८०९ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । आज बुधबार जापानभर ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बुधबार टोकियोमा २२१ जनासहित देशभर ८०९ जना पुष्टि भएको थियो ।  जापानमा अहिलेसम्म आन्तरिक र बाह्य गरि १ लाख ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९१ हजार ३२२ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १७४८ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया