कोरोना कहर: जापान प्रवेशमा नोभेम्बर १ बाट सहज बन्दै,अब रिईन्ट्री नचाहिने

टोकियो । जापान सरकारले कोभिड १९ कारण अनिवार्य गरेको रिईन्ट्री आज नोभेम्बर १ तारिखबाट लिनु नपर्ने नियम बनाएको छ । विदेशीहरुलाई जापान प्रवेशमा थप सहज होस भनि रिईन्ट्रीको लागि भिजा अनुमति छ भने सहज रुपमा अव जापान प्रवेश गर्न पाउने भएको हो ।
जापानको विदेश मामिला मन्त्रालयले शुक्रवार एक सूचना जारी गरि नोभेम्बर १ तारिखबाट विभिन्न मुलुकदेखि जापान फर्केर आउनेहरुले पुन:प्रवेश अबधी बाँकी भएकालाई हाल कायम रहेको रिईन्ट्री कन्फेर्मेसन लिन नपर्ने भएको हो । विदेश मामिला मन्त्रालय सूचना अनुसार अव केबल कोरोना भाईरस नेगेटिभ रहेको परिक्षण लेटर भए पुग्ने भएको छ । यसका साथै जापानबाट अन्य मुलुक जाँदा लिनुपर्ने पुन प्रवेश अनुरोध पत्र पनि लिन नपर्ने भएको छ ।
जापानीहरु तथा जापानको आवासीय अनुमति पाएका विदेशीहरुले जापान फर्कदा बस्नु पर्ने १४ दिन क्वारेनटाइन पनि नोभेम्बर १ तारिखबाट हटाउने भएको छ । यो नियम कोभिड १९ संक्रमण न्यून भएका मुलुकबाट जापान फर्कदा मात्रै यो ब्यबस्था गरिएको जनाएको छ ।
बाँकी अन्य देशवाट जापान प्रवेश गर्दा पुरानै नियम कायम रहने छ । सूचनामा उल्लेख नगरे पनि नेपालमा पनि कोरोना भाईरसको संक्रमण उच्च रहेकोले नेपालीहरु जापान प्रवेश गर्दा भने पुरानै नियम अनुसार १४ दिन क्वारेनटाइन र सार्वजनिक साधन प्रयोय गर्न पाउने छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया