काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ६५ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ करोड ३७ लाख ४९ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३६ हजार भन्दाबढी संक्रमण भएको छ भने ५ हजार भन्दाबढीको मृत्यु भएको छ । यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ५ हजार १९४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ६८ लाख ९ हजार २५२ पुगेको छ ।
संक्रमितमध्ये १ करोड १८ लाख ५४ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८५ हजार २ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ। संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा पुन संक्रमित र मृतक संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा मात्र कोरोनाका कारण १ हजार ९४६ को मृत्यु भएको छ भने २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९४ लाख ७३ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३६ हजार बढीको मृत्यु भएको छ भने ६१ लाख ३ हजार ६ सय भन्दा बढी निको भएका छन् ।
त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८२ लाख २९ हजार ३ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २२ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७५ लाख ४२ हजार बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ४५ हजार नाघेको छ भने १ लाख ६० हजार १०४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ८० हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया