उपत्यकामा १६३० सहित २९३३ मा कोरोना संक्रमण,३१५० डिस्चार्ज, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्रै १ हजार ६ सय ३० जना संक्रमित भएका छन् । काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना संक्रमित भए । यो संगै संक्रमितको संख्या एक लाख ७६ हजार पाँच सय पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ रहेको छ । नेपालमा निको हुनेको दर ७८ दशमलव २ प्रतिशत रहेको छ ।देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ५ सय २४ रहेको छ।

यसैगरी, देशभर कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया