काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
पछिल्लो चौबीस घण्टामा थप २० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या एकहजार चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो चौबीस घण्टामा तीन हजार १ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ११ हजार १ सय ६६ जना नमुना परीक्षण गरिएकोमा १ हजार ८ सय ६७ पुरुष र १ हजार २ सय ४७ महिला गरी तीन हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै सङ्क्रमितको संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । हाल ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने छ क्वारेन्टाइनमा १ हजार २ सय ७७ जना रहेका छन् । हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मंगलबार थप ३१४२ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया