काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ४३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन ३ लाख २० हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ करोड ४३ लाख ५२ हजार ७ सय ११ जना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २७ हजार भन्दाबढी संक्रमण भएको छ भने ८ हजार भन्दाबढीको मृत्यु भएको छ । यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख २० हजार २२४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ७८ लाख ४४ हजार ८११ पुगेको छ ।
संक्रमितमध्ये १ करोड २२ लाख ७१ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८८ हजार १ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९६ लाख ९२ हजार ५ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३८ हजार ६ सय बढीको मृत्यु भएको छ भने ६२ लाख ३६ हजार भन्दा बढी निको भएका छन् ।
त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८३ लाख १२ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २३ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७६ लाख ५४ हजार बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ६७ हजार नाघेको छ भने १ लाख ६० हजार ५४८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख २८ हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया