टोकियो । आज नोभेम्बर ७ तारिख टोकियोमा २९४ जनासहित जापानमा एकैदिन १३३० जना कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज शनिबार जापानभर एक हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज टोकियोमा २९४ जनासहित देशभर ११३० जना पुष्टि भएको हो । जापानमा अहिलेसम्म आन्तरिक र बाह्य गरि १ लाख ८ हजार १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९६ हजार ४६१ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १८ सय भन्दा बढीको निधन भएको छ ।
जापानमा पछिल्ले सयम २ महिनापछि कोभिड १९ हालसम्मकै धेरै संक्रमण देखिएको हो । जापानमा कोरोना संक्रमण महामारीका रुपमा फैलिने सक्ने भन्दै जापानका प्रधानमन्त्री योशिहिदे सुगाले चेतावनी दिएका छन् । सुगाले संसद समितिको एक कार्यक्रममा शुक्रवार यस्तो चेतावनी दिएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया