जो बाइडन ४६औँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्रेटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् ।
बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन् । ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ । यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ ।
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो । ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवार वारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया