जापानको दक्षिपूर्वी क्षेत्रमा ६.२ म्याग्नीच्युडको भूकम्प धक्का

टोकियो । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।
जापानमा सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया