जापान । नेपालबाट नोभेम्बर ६ तारिखको उडानमा जापान आएका ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालबाट संक्रमित नेगेटिभ रिपोर्ट लिएर आएका ७ जनामा जापानको नारिता बिमानस्थलमा गरिएको परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा २ जना महिला,५ जना पुरुष रहेका छन् । थपिएको नयाँ ७ जना सहित जापानको एयरपोर्टमा कोरोना संक्रमित पुष्टि हुनेहरुको संख्या ४३ जना पुगेको जापानको स्वास्थ्य ,श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नेपालबाट सिधा नेपाल एयरलाईन्समा उडानबाट आएका यात्रुमा धेरै संक्रमित भेटिन थालेपछि केहि दिन अघि नेपाल एयरलाईन्सलाई थप सतर्कताको लागि चेतावनी दिएको थियो ।
कोभिड १९ संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई हङकङले अहिले प्रतिवन्ध लगाएको छ । दुबई र जापानको नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची दिएको छ ।
सो प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी एयरलाइन्स ठहरिने गरेको छ । यसले एयरलाइन्सलाई प्रतिवन्ध हुँदा आर्थिक र देशको प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता समेत व्यक्त गरेको छ ।
नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, जापान लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिन थालेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया