विश्वमा तीन करोड ७५ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा थप नौ हजार ८ सयभन्दा बढीको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख ९ हजार ४०८ पुगेको हो। चीनको वुहानबाट गएको वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वभर पाँच करोड ३७ लाख ४६ हजार ७०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३ करोड ७५ लाख कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये एक करोड ४९ लाख १५ हजार बढी उपचाररत छन् भने १ लाख ९ हजारबढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३६८ जनाको मृत्यु भएसंगै मृतकको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ। १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ६७ लाख ८८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख ७३ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २९ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८१ लाख ६१ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५८ लाख १९ हजार नाघेको छ भने १ लाख ६४ हजार ९४६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ६७ हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया