नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण,संक्रमित २ लाख ९ हजार ७७६ पुघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया