थप ५०२ मा कोरोना संक्रमण, २८७८ जना संक्रमणमुक्त,१७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यसैगरी मंगलबार निको भई थप २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।

क्वारेन्टाइनमा १ हजार ३ छन् भने आइसोलेसनमा ३० हजार ९ सय ८६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया