जापान । टोकियोमा एकैदिन ४९३ जनामा कोरोनाभाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नोभेम्बर १८ तारिख बुधवार टोकियोमा एकैदिन ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या टोकियोमा एकैदिन पुष्टि भएको अहिलेसम्मकै उच्च संख्या हो ।
कोभिड १९ संक्रमण उच्च भएसंगै बधबार बसेको विज्ञहरु सम्मिलित बैठकले,टोकियो कोरोना संक्रमणको उच्च जोखिम लेवल ४ जारी गरेको छ ।
टोकियोमा हालसम्म ३५ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३२ हजार २ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ४ सय ७६ जनाको मृत्यु भएको छ । टोकियोमा १,२८१ जना हस्पिटलमा उपचाररत छन् भने ४२ जनाको गम्भिर अवस्था रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया