टोकियो । जापानमा पहिलो पटक एकैदिन २ हजार जनाभन्दा कोरोनाभाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै पहिलो पटक एकैदिन २ हजार बढी मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । नोभेम्बर १८ तारिख आज एकैदिन जापानभर २ हजार १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
यस अघि जापानमा गत १४ तारिख शनिवार संक्रमण पुष्टि भएको १ हजार ७३७ जनालाई उच्च रेकर्ड मानिएको थियो । आज जापानमा संक्रमण ह्वात्तै बढेको छ । संक्रमण बढेसंगै सरकारले टोकियोमा हाई अलर्ट र होक्काईदोमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन अनुरोध गरेको छ । टोकियो महानगरले पनि सचेत रहन आग्रह गर्दै आएके छ ।
जापानमा आन्तरिक र बाह्य गरि १ लाख २३ हजार भन्दा बढीमा कोभिड १९ संक्रमण भएक छ भने करिब १ हजार ९ सय जनाको मृत्यु भएको छ । जापानमा ८६ प्रतिशत अर्थात १ लाख ५ हजार संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया