पार्टी नेतृत्व आन्तरिक विवादमा अल्झेका बेला सत्तारुढ नेकपाका स्थानीय स्तरका नेता कार्यकर्ता पार्टी छाड्ने लहर चलेको छ ।
यसैक्रममा काभ्रेको भुम्लु गाउँपालिका नेकपाका नेता कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । शनिबार नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा आयोजित पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईं,जिल्ला सभापति मधु आचार्य लगाएतले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईंले कुनै पनि व्यक्तिको अनुनय विनयमा पार्टी नचल्ने बताउँदै पार्टी विधान, पद्धती र व्यवहारले चल्ने बताएका छन्।
उनले १३ औं महाधिवेशन सकिएपछि जिल्लामै पहिलो पटक व्यवस्थीत कार्यक्रम भएको प्रशंसा गर्दै पार्टीमा कुनै गुट नभएको समेत दाबी गरे ।
त्यसैगरी, जिल्ला सभापति मधु आचार्यले भुम्लुलाई पर्यटकिय क्षेत्र बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे । पार्टीलाई सशक्त बनाउन सबै नेता कार्यकर्ता मिलेर अघि बढ्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा पुर्व संसद् तिर्थ लामाले अब आउने तिनै तहका निर्वाचन नेपाली कांग्रेसको पक्षमा रहेको बताए ।
यसैगरी, नेपाली कंग्रेसका युवा नेता तथा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामाले देशलाई सोचेजस्तो र खोजेजस्तो बनाउने काम युवाबाट मात्र सम्भव हुने बताए । काभ्रेका तमाम विद्यार्थीहरूको समस्याको समाधान तर्फ आफु सधै लागिरहेको स्मरण गर्दै पार्टी कार्यालय उद्घाटनले थप कांग्रेसलाई उर्जा प्रदान गर्ने कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ काभ्रेको अध्यक्ष प्रेमबहादुर तामाङले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दावा लामा, महाअधिवेशन प्रतिनिधि तथा उपसभापति बेल लामा, नगरपुमुख महेश खरेल तथा प्रदेश सभापतिहरू लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया