काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्रा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ६६९ जनामा संक्रमण पुष्टि भएको बताए ।
काठमाडौंमा ७७३, भक्तपुर ५३ र ललितपुर १३१ जना गरी काठमाडौं उपत्यकामा मात्रै ९५७ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।
क्वारेन्टाइनमा ६८६ जना रहेका छन् भने आइसोलेसनमा १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् । देशभरका प्रयोगशालामा ८ हजार ३२ जनाको गरिएको नमूना पीसीआर परीक्षण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया