टोकियोमा ३९१ जनासहित जापानभर आइतवार २१६८ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा आज आइतवार थप २१६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी राजधानी टोकियोमा ३९१ जना संक्रमण पुष्टि भएको छ ।
नोभेम्बर २२ तारिखआईतबार एकैदिन जापानभर २ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ५३९ जनासहित जापानभर २५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जापानमा हालसम्म आन्तरिक र बाह्य गरि १ लाख ३३ हजार ८२९ जनामा कोभिड १९ संक्रमण भएको छ भने २००१ जनाको मृत्यु भएको छ । जापानमा ८३ प्रतिशत अर्थात १,११,१६३ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । जापानमा आज ७ जनाको निधन भएको उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया