टोकियो । जापानले कोरोना भाइरस संक्रमण फैलन रोक्न विदेशबाट आउने सबै यात्रुलाई सार्वजनिक यातायातको प्रयोग नगर्न गरिएको अनुरोधलाई उल्लंघन गरेको भेटेको छ ।
अन्य मुलुकबट पहिलो पटक प्रवेश गरेका र फर्केर आएका सहित सबै यात्रुलाई बिमानस्थलदेखी बासस्थानसम्म अनिवार्य ब्यक्तिगत ब्यवस्थामा निजी सवारीमा जानुपर्ने जापान सरकारले नियम लागू गरेको छ । तर नारिता एयरपोर्टबाट यात्रुहरुले रेलमार्ग र बस प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा पाइएको नारिता बिमानस्थल क्वारिन्टिन ब्यूरोले जनाएको छ । ब्यूरोले यस महिना एयरपोर्टबाट आएका आप्रवासीहरूको व्यवहारको बारेमा समेत अनुसन्धान गरेको थियो । अन्तर्राष्ट्रिय यात्रुहरूले देशभित्र प्रवेश गरेपछी सार्वजनिक यातायात प्रयोग गरिरहेका छन भन्ने बारेमा सूचना र गुनासो पाएपछि अनुसन्धान गरिएको बताइएको छ ।
अनुसन्धानका क्रममा आप्रवासीहरूले सार्वजनिक यातायात प्रयोग गर्नकै लागि आफ्नो सामान कुरियर काउन्टरमा छोडेर त्यसपछि एयरपोर्टबाट रेल वा राजमार्गको बसबाट गएको पाइएको छ ।
बिमानस्थल क्वारिन्टिनले नै नियम उल्लंघन गरेको भेटेको खुलासा गरेपछी कारवाहीको केहि उल्लेख नगरेपनि अब कारवाहीको प्रक्रिया थाल्ने संकेत गरेको छ ।
नारिता एयरपोर्ट क्वारिन्टिन ब्यूरोले यस महिनादेखि टर्मिनल भवनबाट सार्वजनिक यातायात प्रयोग नगर्न भनेको छ ।
नारिता बिमानस्थल प्रशासनले नियम पालना गराउन र बिदेशिहरुलाई सहज सूचना उपलब्ध गराउन धेरै देशका भाषाहरूमा जानकारी प्रकाशन तथा प्रशारण गर्न थालेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया