थप १९४८ जनामा कोरोना संक्रमण,२८ को मृत्यु, ३१४० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९४८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना गरी काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १४० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

क्वारेन्टाइनमा ६६९ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया