मेलम्ची नगरपालिकामा सुविधा सम्पन्न फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना

शुसिल सुवेदी,मेलम्ची । मेलम्ची नगरपालिकाले सुविधा सम्पन्न फोहोर मैला व्यवस्थापन केन्द्र बनाएको छ ।

मेलम्ची नगरपालिका ११ सिम्लाबगरमा निमार्ण गरिएको केन्द्रमा नगरभित्रका बजार क्षेत्रका फोहोर संकलन गरि त्यहाँ व्यवस्थापन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

१ करोड ३४ लाख ८ हजार ५ सय ९४ रुपैयामा सम्झौता भइ जुगल हिम शिखर केदार निमार्ण सेवाले ठेक्का पाएको थियो । अहिले ७५ प्रतिशत काम सकिएको ठेकेदार कम्पनिले जनाएको छ । यो केन्द्रमा कुहिने, नकुहिने ,जस्तापाता र सिसि बोतलहरुको छुट्टा छुट्टै व्यवस्थापन गरि कुहिनेचिजलार्इ मल बनाउने ,नकुहिने तर पनुप्रयोग गर्न मिल्नेलाइ पुन प्रयोग गर्नेगरि काम गर्ने योजना रहेको नगर प्रमुख डम्बर अर्यालले बताए ।

फोहोरलाइ मोहोरमा परिणत गर्नका लागि काम भइरहेको अर्यालको भनाइ छ । अहिले हप्ताको २ दिन नगरपालिकाको गाडिले मेलम्ची बजारको फोहोर उठाइरहेको छ तर यस्लाइ आवश्यकताको आधारमा बढाउदै र अन्य तालामाराङ, बाहुनेपाटि जस्ता बजारहरु बाट पनि फोहोर संकलनको कार्य अगाडि बढाइने छ उनले बताए ।

फोहोरलाई फोहोरको स्रोतमानै वर्गिकरण गरेर फोहोर उठाउने र त्यसलाइ प्रशोधन पछि पुन प्रयोगमा ल्याइ आयआर्जनमा परिणत गर्ने योजना नगरपालिकाको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया