टोकियो । जापानमा शनिबार थप २६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नोभेम्बर २८ तारिखको रिपोर्ट अनुसार एकैदिन जापानभर २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
राजधानी टोकियोमा ५६१ जना सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक र बाह्य गरि १ लाख ४६ हजार २१४ जनामा कोभिड १९ संक्रमण भएको छ जापानमा ८२ प्रतिशत अर्थात १,२०,२५९ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
जापानमा अहिलेसम्म २१२३ जनाको मृत्यु भएको छ भने आजमात्र १४ जनाको निधन भएको उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया