न्युयोर्क । अमेरिकाको सम्पन्न राष्ट्रपति निर्वाचनमा हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनबिरुद्ध नै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । त्यस्तै प्रकारको मुद्दा फेरी अदालतमा ल्याउन नपाउनेगरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो । यसलाई डोनाल्ड ट्रम्पको पछिल्लो कानुनी पराजयका रुपमा हेरिएको छ ।
राज्यको सर्वोच्च अदालतका न्यायाधिसहरुले एकमतका साथ शनिबार राती यस्तो फैसला गरेका हुन् । पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो । पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन ७७ लाई चुनौति दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो । तर यो ऐनलाई चुनौति दिने मुद्दा ऐन आएको एकबर्षपछिमात्र दायर गरिएको र ऐनलाई चुनौति दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधिसहरुले फैसला गरेका हुन् ।
पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राती ट्वीट गर्दै प्रजातन्त्रका लागि अर्को जीत भएको बताएका छन् । यसअगाडि शुक्रबारमात्र संघीय पुनरावेदन अदालतबाट पनि पेन्सिलभेनियाको प्रमाणिकरण उल्टाउनका लागि अनुरोध गर्दै ट्रम्प पक्षबाट दायर मुद्दा खारेज गरिएको थियो ।
पेन्सिलभेनियाको तेश्रो सर्किट कोर्ट पुनारावेदन अदालतबाट तीनजना रिपब्लिकन नियुक्त न्यायाधिसहरुले एकमतका साथ ट्रम्प पक्षको प्रयास अस्वीकार गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया