सिन्धुपाल्चोक । राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिबेशन मंसिर १३ गते शनिबार सिन्धुपाल्चोकको खाडीचौरमा सम्पन्न भएको छ ।
संस्थाका पुर्ब केन्द्रीय अध्यक्ष रेशम थापाको प्रमुख आथित्यतामा सम्पन्न अधिबेशनमा बिशेष अथितिको रुपमा संस्थाका केन्द्रिय बरिस्ठ उपाध्यक्ष नमराज ढुंगाना उपस्थित भएर आ आफ्नो महत्त्वपूर्ण धारणा राख्नु भएको थियो । अध्यक्ष दिनेश भन्डारीको अध्यक्षतामा सम्पन्न अधिबेशनले पिताचन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा निर्बाचित गरेको छ। जस्मा प्रथम उपाध्यक्ष इश्वर सापकोटा द्दितिय उपाध्यक्ष कुमार चालिसे तृतीय उपाध्यक्ष राम सुन्दर पान्डे महिला उपाध्यक्ष रन्जना तिमिल्सिना सचिब धन बहादुर गहतरात सह सचिब राम खडका कोषाध्यक्ष नारायणबाबु पौडेल सह कोषाध्यक्ष सुबिना श्रेष्ठ,राजकुमार भन्डारी प्रबक्ता,सदस्यहरुमा नारायण नेपाली अम्बिका सापकोटा सागर भन्डारी ( दिनेश ) साजन पराजुली ईश्वर तिमिल्सिना बुद्ध तामाङ गोमा कोइराला देबकी भन्डारी मिना चालिसे बिष्णु थापा निरु कार्की धिरज खत्री ईश्वर प्रसाद तिमिल्सिना रहनुभएको छ । तेसैगरी सल्लाहकार समितिको संयोजक योग बहादुर थापा र सल्लाहकारहरमा रामकाजी खडका र राज कुमार खडका रहनुभएको छ ।
संघले सबै पालिकामा पालिका स्तरीय समिति बनाउदै गएर सिन्धुपाल्चोक जिल्लाका सबै छुटेका कलाकारहरुलाई सस्थामा गोलबद्द गर्दै जाने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया