ललितपुर । राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्ला शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीले गर्नु भएको थियो । जिल्ला अध्यक्ष धनराम मुस्कानको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष अमृत खाती केन्द्रीय महासचिव बिक्रम जङ शाह, उपमहासचिव गोबिन्द दुलाल, केन्द्रीय सह सचिव श्रीकृष्ण दाहाल, बाग्मती प्रदेशका महासचिव राम कुमार पौडेल, प्रदेश नम्बर १ का इन्चार्ज शिब प्रसाद घिमिरे, पुर्व केन्द्रीय सदस्य राम कुमार कार्की लगाएत अथितिको रुपमा उपस्थित हुनुहुन्थियो।
उक्त अवशसमा अध्यक्ष कार्कीले राष्ट्रिय संगीतकर्मी संघ पुर्ब ताप्लेजुङ देखि पश्चिम दार्चुला सम्मका तमाम कलाकारको शाझा फुलबारी भएको बताउनुभयो। देशभरी संगठन बिस्तारमा जुटेको संस्थाका हाल देश व्यापि र विदेशमा समेत धमाधम अधिवेशन भैरहेको बताउनुभयो । याबत समस्याको समाधानको लागि संगीत बिकास बोर्ड हाम्रो मुख्य माग रहेको बताउदै त्यसको लागि राज्यका सबै निकायमा जोडदार माग गरिरहेको उहाँले बताउनु भयो।
त्यसंगरी, महासचिव बिक्रम जङ्ग शाहले संस्थाका गतिविधि तीव्र बनाउने क्रममा देश बिदेशमा निरन्तर कार्यक्रम गरेको बताउदै लकडाउनको बेला आपतमा परेका करीव ४ हजार कलाकार तथा मजदुरलाई राहत वितरण गरिएको बताउनु भयो । उक्त अवसरमा उपाध्यक्ष अमृत खाती, उपमहासचिब गोबिन्द दुलाल, सह सचिव श्रीकृष्ण दाहाल, बाग्मती प्रदेश महासचिव राम कुमार पौडेल लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो।
अधिवेशनको बन्द सत्रले सुबास महतको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। जस्मा वरिष्ठ उपाध्यक्ष बर्षा सिलवाल प्रथम, उपाध्यक्ष पुर्ण थापा, उपाध्यक्ष सुमित्रा श्रेष्ठ रोजी, मनराम केशी, सबिता दाहाल, सचिव सुबाश बजगाइ, सह सचिव सृजना केशी, सरोज लामा, प्रवक्ता गोमा पाण्डे, कोषाध्यक्ष रन्जित सन्जेल, सह कोषाध्यक्ष सम्झना खडका घिमिरे रहनुभएको छ।
त्यसैगरी, सदस्यहरुमा राम सुन्दर कार्की, समिर तिमिल्सिना, सुमन दुलाल, आरके गोम्बा, श्याम सुन्दर तिमिल्सिना, सुशीला दुलाल श्रेया, विवेक खडका मुस्कान, अनिल जिसी बुलेट, डिना कोइराला सुन्तली खडका समिर रेग्मी रहनुभएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया