काठमाडौं । नेपालमा थप १ हजार २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जहार २४ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
त्यसैगरी शनिबार थप २ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । क्वारेन्टाइनमा ५३६ जना रहेका छन् भने आइसोलेसनमा १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया