काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्ता पूरा भएको छ ।
शनिबार अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसकोे अवसर पारेर वाग्मती सफाइ अभियानमा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको हो ।
पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो ।
यस्तै, अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको सफाइ अभियानलाई विशेष बनाउन खरेलकै संयोजकत्वमा समितिसमेत गठन गरेको छ । शङ्खमूल क्षेत्रको सफाइमा स्कुटरमा आई नदीमा फोहर फाल्नेलाई समाती टिपेर व्यवस्थापन गर्न लगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिईन्। त्यस क्षेत्रमा प्रत्येक दिन बिहान १० मिनेट कुचो लगाएर सफाइ गर्ने सहमतिसमेत भएको छ ।
यसैगरी शङ्खमूलबाट बानेश्वर निस्कने मूल सडकमा पनि सफाइ गरिएको छ । त्यस क्षेत्रका घर पसलमा गई जनचेतनामूलक अभियानसमेत सो अवसरमा सञ्चालन गरिएको थियो । सफाइमा पोखरार्की आठ वर्षीय प्रेन्सा रेग्मीसमेत सहभागी भएको अभियानकर्मी पौडेलले बताईन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया