किरातीको नेतृत्वमा रहेको माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने

काठमाडौं । पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता गोपाल किरातीले अनलाइनखबरलाई बताए । ‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएने जानकारी दिनुभयो ।

पार्टी एकताका लागि आफूहरुले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया