विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ६२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ५ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ६२ लाख ३५ हजार ८५९ जना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख १९ हजार ५ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ करोड ६८ लाख ४७ हजार ८३३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ९९६ जनाको मृत्यु भएसँगै हालसम्म १५ लाख ३४ हजार ३४४ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ९० लाख ७७ हजार ६३० जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । को
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ८७ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये एक लाख ४० हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९० लाख ९९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६५ लाख ७७ हजार नाघेको छ भने १ लाख ७६ हजार ६४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ लाख ६१ हजार भन्दा बढी निको भएका छन्

फेसबुकबाट तपाइको प्रतिक्रिया