टोकियो । जापानमा आज २७४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुधवार एकैदिन जापानभर २ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । यसअघि नोभेम्वर २८ तारिख २६७८ जनामा संक्रमण पुष्टि भएको थियो ।
आजै टोकियोमा ५७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा हालसम्म ४४,९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १ लाख ६८ हजार बढीमा कोभिड १९ संक्रमण भएको छ । जापानमा ८२ प्रतिशत अर्थात १,३८,९९४ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया