जापानमा थप २७९६ जनामा कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

टोकियो । जापानमा थप आज २७९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुधवार साँझ ८ बजेसम्म एकैदिन जापानभर २ हजार ७ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
कोरोना संक्रमणको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि नोभेम्वर २८ तारिख २६७८ जनामा संक्रमण पुष्टि भएको थियो ।
आजै टोकियोमा ५७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा हालसम्म ४४,९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १ लाख ७० हजार १४३ जनामा कोभिड १९ संक्रमण भएको छ ।
जापानमा ८२ प्रतिशत अर्थात १,३८,९९४ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । आज जापानभर ३३ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि २४९१ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया