काठमाडौं । नेकपाका नेता एवं पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा लामाको आज बिहान निधन भएको हो । मंसिर १० गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापको समेत बिरामी थिए ।
लामा काभ्रेबाट विसं २०४८ सालमा सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।
काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका कामनासिं काठमाडौं ठमेलमा बस्दै आएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया