टोकियोमा ६०२ जनासहित विहिबार जापानभर २९७२ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज ६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १० तारिख विहिवार टोकियोमा एकैदिन ६०२ जनासहित जापानभर २९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको हो ।
आज साँझ १० बजेसम्म जापानमा २९७२ जनामा कोरोना संक्रमित हुने अहिलेसम्मकै धेरै संख्या हो । टोकियोमा हालसम्म ४५,५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १ लाख ७३ हजार १२८ जनामा कोभिड १९ संक्रमण भएका छन् भने ८१ प्रतिशत अर्थात १,४०,६२२ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
आज जापानभर २६ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि २५१३ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया